१० बैशाख २०८३, बिहिबार

उदयपुरमा ब्राउन सुगर सहित दुई युवा पक्राउ

कान्छो खवर । बिहिबार, बैशाख १०, २०८३

गाईघाट   १०    बैशाख  ।

प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको फत्तेपुर देखि बसाहको पैंतालीस चोक तर्फ आउदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा बुधबार राती ८.१५ को समयमा लागूऔषध ब्राउन सुगर सहित चालक आरजु राई र पछाडि बस्ने श्यामकुमार कार्की पक्राउ परेका हुन् ।

प्रहरीले उनिहरुको साथ बाट ११५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।बेलका नगरपालिका १ आम्बासीस्थित रुपनगर – चतरा सडक खण्डमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पक्राउ परेका उनिहरु विरुद्ध अनुसन्धान सुरु गरिएको एसपि राजन चापागाईंले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्