०९ बैशाख २०८३, बुधबार

आगोले जलेर उदयपुरगढीमा दुई महिला घाइते

कान्छो खवर । बुधबार, बैशाख ०९, २०८३

गाईघाट   ९   बैशाख  ।

उदयपुरगढीको चोसोम्फामा हिजो साझ आगोले जलेर दुई महिला घाइते भएका छन् ।

घर भित्र बिडि सल्काउने क्रममा भुइँमा पोखिएको तारपिनको तेल मार्फत सल्किएको आगोले जलेर ४९ बर्षीया साबित्रा मगर र ४१ बर्षीया बिष्णु मगर जलेर घाइते भएको प्रहरीले जनाएको छ।  बिडि खानको लागि साबित्राले सलाई बाल्ने क्रममा उनको छोराले भुइँमा पोखेको तारपिनको तेल बाट आगो सल्किएको प्रहरीले जनाएको छ ।

आगोले उनको दुबै हात , खुट्टा र कम्मर पछाडिको भाग जलेको छ भने आगो निभाउन जाने क्रममा छिमेकी ४१ बर्षीया बिष्णुको हात , खुट्टा जलेको छ । दुबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भैरहेको छ ।

साझ ७.५० बजे भएको उक्त घटनाको जानकारी पाए लगत्तै प्रहरीले उद्घार गरि घाइतेहरु लाई अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्