०८ बैशाख २०८३, मंगलबार

बेल्टार बजारमा अहिले बिहान आगलागी हुदा जलेर नाति बाजेको मृत्यु , दुई घर जलेर नस्ट हुदा झन्डै ६३ लाख बराबरको क्षेती

कान्छो खवर । मंगलबार, बैशाख ०८, २०८३

गाईघाट  ८ बैशाख  ।

बेल्टार बजारमा अहिले बिहान  ३.२० बजेको समयमा भएको भीषण आगलागीमा परेर नाति बाजेको मृत्यु भएको छ । आगलागी बाट दुई वटा घर जल्दा झन्डै ६३ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।

चौदण्डिगढी नगरपालिका ७ शान्तिचोक स्थित पदम खड्काको घरमा भएको आगलागी बाट उनका बुबा ७० बर्षिय लक्ष्मी नारायण खड्का र निजका नाति ३० बर्षिय पबन खड्काको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको घर संगै रहेको रबिन कुमार दासको घर समेत जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको दुबै घरमा रहेको  किराना पसल  र स्टेसनरी पसल समेत जलेको छ । आगलागीको समयमा घरमा सुतिरहेका कारण उनिहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।बिधुत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।खड्काको घर बाट पहिले  आगो सल्किएको प्रहरीले जनाएको छ ।

आगलागी भएको जानकारी हुन साथ जिल्ला प्रहरी कार्यालय उदयपुर बाट प्रहरी नायब उपरीक्षक निरन्जन थापाको नेतृत्वमा प्रहरी टोलि घटना स्थल पुगेको थियोे । प्रहरी , स्थानिय बासिन्दा र दमकलको सहयोग बाट  ५.३५ मा  आगो पुर्ण रूपमा नियन्त्रणमा आएको एसपि राजन चापागाईंले बताए ।

मृतक दुबै जनाको शब अहिले बेल्टार नगर अस्पतालमा पोस्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्