कान्छो खवर । मंगलबार, बैशाख ०८, २०८३
गाईघाट ८ बैशाख ।
उदयपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।बेलका नगरपालिका ३ सातपत्रेस्थित भित्री सडक खण्डमा सोमबार दिउसो मोटरसाइकल चालकको मृत्यु भएको हो ।
झन्डा चोकदेखि भागलपुर तर्फ जादै गरेको प्र १ -०२-००२ ख १५८ नम्बरको बसले बिपरित दिशा बाट आउदै गरेको प्र १ -०२-०४५ प ८४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक २८ बर्षिय रोमन बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक बराहक्षेत्र नगरपालिका २ चतरा बस्ने बर्ष २८ का शिखर रानामगरलाई नियन्त्रणमा लिएको छ ।मृतक बस्नेतको शब पोस्टमार्टमको लागि धरानस्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिस्ठान लगिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्