कान्छो खवर । सोमबार, बैशाख ०७, २०८३
गाईघाट ७ बैशाख ।
पाच दिन अघि घरबाट शौचालय जान निस्किएका अटोचालकको शब सोमबार बिहान जंगलमा फेला परेको छ ।
उदयपुरको उदयपुरगढी गाउपलिका ६ नेपालटारका ३९ बर्षिय डम्बरबहादुर तामाङको शब स्थानिय प्रगतिशील सामुदायिक बन क्षेत्र भित्र रुखको हाङ्गामा झुन्डिएको अबस्थामा फेला परेको हो ।
मासु गलेर कङकालको रूपमा फेला परेको शबमा रहेकोे कपडाको आधारमा तामाङको रहेको पहिचान भएको वडा अध्यक्ष कृष्ण खत्रीले बताए । नेपालटार – मुर्कुची अटो चलाउने तामाङ बिहिवार बिहान घर देखि शौचालय जान्छु भनी श्रीमतीलाई भनेर हिडेका थिए ।
एकाएक तामाङ हराए पछि बिरामी अबस्थामा रहेरी श्रीमती अम्बिकाले श्रीमानको खोजी समत गरेकी थिईन , तर उनको बारेमा केहि पत्ता लाग्न सकेको थिएन ।
आज घाँस दाउरा जाने गाउलेहरुले रुखमा शब झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको स्थानिय ढकबहादुर राउतले बताए ।
प्रहरीले शबको पोस्टमार्टम गर्न जिल्ला अस्पताल उदयपुर ल्याएको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।