कान्छो खवर । आइतबार, बैशाख ०६, २०८३
गाईघाट ६ बैशाख ।
आपसी बिबादमा आइतबार साझ बेल्टारमा एक वृद्धले आफनै छिमेकी पुरुषको छुरा प्रहार गरि हत्या गरेका छन् ।
चौदण्डीगढी नगरपालिका ७ सितापाइला टोलका ७३ बर्षिय रामप्रसाद राईले छुरा प्रहार गरि छिमेकी ६४ बर्षिय महाशेर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
राईको दायाँ पट्टीको छातिमा छुरा प्रहार पछि गहिरो चोट लागेको कारण मृत्यु भएको प्रहरीले जनाएको छ । पुरानो रिसईबि र मादक पदार्थ सेबन गरेर उनलेे ओरालो बाटो छेउमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी राईलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्