कान्छो खवर । शुक्रबार, बैशाख ०४, २०८३
गाईघाट ४ बैशाख ।
मोटरसाइकलको ठक्करबाट शुक्रबार दिउसो बेलका नगरपालिका १ आम्बासी कालिखोला सडकमा साईकल यात्रीको मृत्यु भएको छ ।
सप्तरीको फत्तेपुर देखि शनीबारे तर्फ आउदै गरेको प्र .१-०५-००१ प ५७३५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही दिशा तर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिदा चौदण्डिगढी नगरपालिका ४ बसाह नमूना टोलका ६० बर्षिय घलबहादुर भुजेलको मृत्यु भएको हो ।
गम्भीर रूपमा घाइते उनको उपचारको क्रममा दिउसो २.१५ बजे बिराटनगरस्थित बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक समेत घाइते भएकोले उनको प्रहरी निगरानीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्