कान्छो खवर । बुधबार, बैशाख ०२, २०८३
गाईघाट २ बैशाख ।
उदयपुरगढी गाउपालिका ६ चिपचिपेमा मंगलबार राति छिमेकी बिच भएको सामान्य बिबादमा गोलि चलेको छ । स्थानिय गुम्मशेर राईले चलाएको गोलि लागेर ३१ बर्षिय अरुण राई र उनकि श्रीमती मनिषा घाइते भएका छन् ।
भरुवा बन्दुक बाट गोलि हान्ने राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।राईको दाहिने तिघ्रामा बन्दुकको छर्रा लागेर दुई वटा प्वाल परेको छ भने श्रीमतीको हातमा सामान्य चोट लागेको छ ।उनिहर दुबै जनाको आनन्द मेडिकल हल नेपालटारमा उपचार भैरहेको स्थानिय पत्रकार ढकबहादुर राउतले बताए ।
छिमेकमा भएको उक्त घटना सामान्य विवाद बाट भएको खुल्न आएको उनलेे बताए । आपसी भनाभन पछी राईले घर भित्र बाट राति १२ बजे भरुवा बन्दुक निकालेर हानेका थिए प्रत्यक्षदर्शीको भनाइ उदृत गर्दै वडा अध्यक्ष कृष्ण खत्रीले बताए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।