३० चैत्र २०८२, सोमबार

३० चैत्र २०८२, सोमबार

सडक अलपत्र पार्ने निर्माण ब्यबसायीलाई कारबाहीको माग गर्दै स्थानियले बुझाए पुर्बधार कार्यालयमा ज्ञापन पत्र

कान्छो खवर । सोमबार, चैत्र ३०, २०८२

गाईघाट  ३०  चैत  ।

बाटो अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको माग राख्दै सोमबार घनचक्रेका स्थानिय बासिन्दाहरुले पुर्बाधार बिकास कार्यालय उदयपुरमा ज्ञापन पत्र बुझाएका छन् ।

त्रियुगा नगरपालिका ६ का वडा अध्यक्ष योगेन्द्र दाहालको नेतृत्वमा आएका गाउलेहरुले दिउसो कार्यालय प्रमुख डिई गङगासागर यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्रियुगा ५ दमौटी देखि वडा नम्बर ६ घनचक्रे जोड्ने सडक अलपत्र पारेर बेपत्ता हुने निर्माण कम्पनी एससिएफ बिनस जेभी लहानलाई कारबाही र छ महिना भित्र ठेक्का तोडेर नया ठेक्का लगाउन उनिहरुले कार्यालय सग आग्रह गरेका छन् ।

बर्षायाम सुरु भैसकेको अबस्थामा उक्त सडक लामो समय देखि अलपत्र हुदा स्थानिय बासिन्दाहरुलाई आबतजाबतमा समस्या हुने भएकोले अहिले सम्बन्धित कार्यालयलाई घचघचाएको अध्यक्ष दाहालले बताए ।

निर्माण कम्पनी र कार्यालय बीच २०७५ असोज १ मा निर्माण सम्बन्धि सम्झौता भएको थियोे । २०८०  भदौ ३१ गते भित्र निर्माण कार्य सम्पन्न गर्ने गरि  भ्याट सहित १९ करोड ५७ लाख ८९ हजार ३५ रुपैया लागत रहेकोमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत र आर्थिक प्रगति ४७ प्रतिशत रहेको डिई यादवले बताए ।

२० किलोमिटर सडक ग्राभेल र ड्रेन निर्माण गर्नुपर्ने उक्त सडक कोसी प्रदेश भौतिक   पुर्बाधार बिकास मन्त्रालयको आर्थिक लगानी रहेको यादवले बताए । उनलेे निर्माण कम्पनीका प्रोपाइटरलाई पटकपटक लिखित र मौखिक रूपमा काम गर्न अनुरोध गरिएको तर ठेकेदारले बेवास्ता गरेको उनले बताए ।

मैले निर्माण ब्यबसायीलाई चाडो काम सक्न निकै पटक अनुरोध गरे तर अहिले ठेकेदारले फोन नै स्विच अफ गरेर बसेको छ ।उनलेे भने ।काम अलपत्र पार्ने ठेकेदारको बारेमा प्रदेश सरकारलाई समेत जानकारी गराएको उनलेे बताए ।

ठेक्का तोड्ने प्रक्रिया झन्झटिलो र पुन अर्को सूचना गरेर काम सुरु गर्दा लागत रकम निकै बढ्न जाने र निर्माण कार्य झनै ढिलो हुने भएकोले अब कसरी अघि बढ्ने भन्ने बारे आन्तरिक छलफल भैरहेको प्रमुख यादवले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्