कान्छो खवर । शुक्रबार, चैत्र २७, २०८२
गाईघाट २७ चैत ।
रामपुरमा पुर्ब बिद्यार्थीहरुले आफ्नै खर्चमा सडकमा जेब्रा क्रसिङमा रंगरोगन गरेका छन् । बेलका नगरपालिका अन्तरगत मदन भण्डारी राजमार्गको मुख्य बस्ती र बजार क्षेत्रमा सडकको जेब्रा क्रसिङमा उनिहरुले तीन दिन देखि रंगरोगन गर्दै आएका हुन् ।
बेलकाको गुरुङचौरी स्थित जनता माबी गुरुङचौरीका २०६७ सालका एसलसि ब्याजी बिध्यार्थीहरुले गठन गरेको बेलका सचेत युबा समुहले उक्त कार्य गरेको प्रधानअध्यापक समर राईले बताए ।
उनले रामपुर , लालबजार , गुरुङचौरी , लगायतका बस्ती र क्षेत्र हुदै निर्माण भएको राजमार्गमा जेब्रा क्रसिङ्मा रंगरोगन गरेको बताए । पहिले देखि नै समाजसेवामा आबद्ध बिध्यार्थीहरुले राजमार्गमा बढ्दो दुर्घटना न्यूनीकरण गर्न यस्तो काम गरेको उनलेे बताए ।
रंगरोगन गर्दा लाने रकम समेत उनिहरु आफैंले उठाएको प्रअ राईले बताए । युवा समुहमा झण्डै ४० जना युबा बिध्यार्थीहरु आबद्ध छन् ।