२४ चैत्र २०८२, मंगलबार

२४ चैत्र २०८२, मंगलबार

कटारीस्थित हिमगङ्गा होटलमा एक पुरुषको शब संकास्पद अबस्थामा फेला , उनी संगै होटल गएकी महिला अचेल अबस्थामा

कान्छो खवर । आइतबार, चैत्र २२, २०८२

गाईघाट   २२ चैत  ।

उदयपुरको कटारी बजारस्थित हिमगङ्गा होटलमा आइतबार एक युवकको  संकास्पद अअबस्थामा शब फेला परेको  छ ।

दिउँसो एक महिला सहित होटल  पुगेका उनको होटलमा  शब  फेला प्रहरीले जनाएको छ । महिला पनि अचेल रहेकोेले अहिले अस्पतालमा उपचार भैरहेको छ ।

मृतक सिन्धुलीको दुधौली नगरपालिका ११ का २८ बर्षिय सिमित कुमर रहेकोे प्रहरीले जनाएको छ । अचेल रहेकी २८ बर्षिया सबिता मगर रहेकोे खुल्न आएको छ । उक्त होटल महिलाले बुक गरेको होटलले जनाएको छ ।

सगै होटल आएको केही बेर पछी  दुबै जना बीच केही समय पछी होहल्ला र झगडा भएकोमा युवकले पंखामा  सल लगाएर पासो लगाएको र महिलाले युवकले लगाएको पासो खोलेको प्रहरीले जनाएको छ । त्यस पछी महिला आफैले पासो लगाएर आत्महत्याको प्रयास गरेको होटल सन्चालकको भनाइ उधृत गर्दै एसपि राजन चापागाईंले बताए ।

 

घटना के कारणले भयो भन्ने बारे केही खुलेको छैन । तर घटना रहस्यमय रहेकोे प्रहरीले जनाएको छ । मृतकको दुई जना श्रीमती रहेको र उनी संगै रहेको महिलाको बारेमा केहि खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्