२० मंसिर २०८२, शुक्रबार

गाजा सहित एक युबा पक्राउ

कान्छो खवर । बिहिबार, मंसिर १९, २०८२

गाईघाट  १८  मंसिर ।

प्रहरीले गाजा सहित  एक युबालाई पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका  ३ पैतालिस चोक देखि सप्तरी कंचनपुरका २४ बर्षिय शिब सन्कर रामलाई बुधबार साझ ५ बजे ५ केजी १०० ग्राम गाजा सहित पक्राउ गरेको हो ।

उदयपुरको बेलका नगरपालिकाको रामपुर देखि सप्तरीको कंचनपुर आउदै गरेका राम सवार प्र २-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त परिणामको गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गाजा , मोटरसाइकल सहित रामलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्