कान्छो खवर । शनिबार, कार्तिक ०२, २०८२

गाईघाट १ कार्तिक ।
त्रियुगा नगरपालिकाले स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका , दैनिक ज्यालादारी तथा सेवा करारमा कार्यरत कर्मचारीलाई मंसिर १ गते देखि लागू हुने गरि सेवा बाट हटाउने निर्णय गरेको छ ।
असोज १ गतेको निर्णय अनुसार त्यस्तो कर्मचारीलाई हटाउने निर्णय गरिएको हो ।नगरपालिकाले उक्त निर्णय नेपाल सरकार मन्त्री परिषदको असोज ५ गतेको निर्णय र अर्थ मन्त्रालयको असोज ७ र सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ असोजको पत्रानुसार नेपाल सरकार , प्रदेश तथा स्थानिय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थायी तथा सेवा करारमा कर्मचारी राख्न नपाउने निर्देशन भए बमोजिम नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारीको नियुक्ति र सेवा करार सम्झौता रद्ध गरेको हो ।
त्रियुगामा स्वीकृत दरबन्दी बाहेक अस्थाई , दैनिक ज्यालादारी र करार गरि झन्डै १ सयको हाराहारीमा रहेका कर्मचारीले कार्तिक १ गते बाट जागीर गुमाएका छ्न ।