२८ आश्विन २०८२, मंगलबार

जेन्जी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका ९ कैदी उदयपुरमा पक्राउ

कान्छो खवर । बुधबार, आश्विन २२, २०८२

गाईघाट  २२  असोज  ।

जेन्जी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका ९ जना कैदी उदयपुरमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले भदौ र असोजमा ती कैदिहरुलाई पक्राउ गरेको जनाएको छ ।सुनसरीको झुम्का , केन्द्रिय कारागार काठमाडौ , नख्खु कारागार र बैतडी कारागारदेखि भागेका उनिहरु सबैलाई उदयपुरमा पक्राउ गरिएको एसपि राजन चापागाईंले बताए ।

पक्राउ पर्नेहरुमा प्रबिण सुन्दास ,धनबहादुर राई ,ज्ञानबहादुर सार्की ,सन्तबहादुर राई ,दिलिप कार्की ,प्रेमबहादुर तामाङ , नरेश बिक , संजीव अछामी र योगेन्द्र राई छन् ।

पक्राउ परेका उनिहरु लागूऔषध , जबर्जस्ति करणी , कर्तव्य ज्यान , सवारी अंग भंग र डाका चोरी उधोग मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्