२८ आश्विन २०८२, मंगलबार

खोलामा डुबेर एक बालिकाको मृत्यु

कान्छो खवर । शनिबार, आश्विन १८, २०८२

गाईघाट  १८  असोज  ।

खोलामा डुबेर सनिवार बिहान एक बालिकाको मृत्यु भएको छ ।रौतामाई गाउपालिका ३ पाकाना सैलेनी घर भै त्रियुगा नगरपालिका ५ दमौटी बस्ने उजन राईकी ३ बर्षीया रेबिकाको घर नजिकैको अम्बिका खोलामा डुबेर मृत्यु भएको हो ।

उनको पौडी खेल्ने क्रममा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।शबको पोस्ट मार्टमको लागि अस्पताल ल्याउने तयारी भैरहेछ ।

 

यहाँ कमेन्ट गर्नुहोस्