कान्छो खवर । शुक्रबार, भाद्र २७, २०८२

गाईघाट २७ भदौ ।
स्थानिय प्रशासनले कर्फ्युलाई निरंतरता दिएको छ ।आज साझ ७ बजे देखि भोलि बिहान ५ बजे सम्म उदयपुरमा कर्फ्यु जारी भएको हो ।
कर्फ्यु अबधि भर आबतजाबत गर्न , कुनै पनि प्रकारको भेला , जूलूस , प्रदर्शन , सभा , बैठक तथा घेराउ गर्न नपाउने जारी बिज्ञप्तीमा उल्लेख छ ।
स्थानिय प्रशासनले जिल्ला सदरमुकाम गाईघाट , कटारी नगरपालिका , चौदण्डिगढी र बेलका नगरपालिकामा कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्