कान्छो खवर । बुधबार, भाद्र २५, २०८२

गाईघाट २५ भदौ ।
स्थानिय प्रशासनले उदयपुरको त्रियुगा नगरपालिका , चौदण्डिगढी र कटारी नगरपालिकामा बुधबार साझ ५ बजे देखि कर्फ्यु लगाएको छ ।
बिहिवार बिहान ६ बजे सम्मको लागि उक्त कर्फ्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम लुइँटेलले बताए ।विभिन्न स्थानमा हुन सक्ने प्रदर्शन ,जूलूस , हुलदङ्गा, आदिको कारण प्रतिकुल अबस्था सृजना भै शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको दिउसो बसेको बैठकले उक्त निर्णय गरेको हो ।
स्थानिय प्रशासन ऎन २०२८ को दफा ६ क बमोजिम कर्फ्यु लगाइएको स्थानमा प्रदर्शन ,आबतजाबत गर्न ,सभा , बैठक , कुनै प्रकारको भेला जुलुस गर्न रोक लगाईएको प्रजिअ लुइँटेलले बताए ।
कर्फ्यु आदेश पछी अहिले कटारी , गाईघाट र बेलटार बजारमा नेपाली सेनाले गस्ती गरिरहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्