२८ भाद्र २०८२, शनिबार

प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीको कारण त्रियुगा नगरपालिकाले सार्वजनिक सेवा स्थगन गर्‍यो

कान्छो खवर । बुधबार, भाद्र २५, २०८२

गाईघाट  २५  भदौ  ।

त्रियुगा नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिदै आएको सार्वजनिक सेवा अर्को सूचना जारी नभए सम्म स्थगन गरिएको जनाएको छ ।

त्रियुगा नगरपालिका , नगर कार्यपालिका र मातहतका वडा कार्यालयमा तोडफोड र आगजनीको कारण कार्यालयको अधिकांस दस्तावेज , कम्प्युटर , पृन्टर , ईन्टरनेट सेवा र कार्यकक्ष नस्ट भएकोले सार्वजनिक सेवा स्थगन गरिएको बुधबार बिहान जारी गरिएको सूचनामा उल्लेख छ ।

जेन-जि आन्दोलनको क्रममा प्रदर्शनकारीले मंगलबार दिउसो त्रियुगा नगरपालिका , वडा नम्बर ११ र वडा १२ मा तोडफोड र आगजनी गरेका थिए ।सो क्रममा भौतिक सामाग्री समेत उनिहरुले जलाएका थिए ।

त्यसै गरि प्रदर्शनकारीहरुले मेयर बसन्त बस्नेत , उपमेयर महेश्वरी राई ,वडा अध्यक्ष सुमन्त कोईराला , कोशी प्रदेशकि उप- सभामुख सृजना दनुवारको घरमा तोडफोड र आगजनी गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्