कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट २४ भदौ ।
उग्र बनेको आन्दोलनकारीले त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत , उपमेयर महेश्वरी राईको घर तोडफोड गरेका छन् । पुर्ब मेयर बलदेव चौधरीको घर भित्र बाट लत्ताकपडा , फर्निचर लगायतका सामान जलाएर अग्र बनेको भिडले केहि बेर मेयर बस्नेतको घरमा तोडफोड गरेका हुन् ।
मेयरको घरमाको विभिन्न सामाग्री र सचिबालयको फर्निचर , एसि कागजात बाहिर निकालेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।त्यस लगत्तै प्रदर्शनकारीहरुले उपमेयर राईको घर पुगेर तोडफोड गरेका छन् ।त्यस क्रममा आन्दोलनकारीले राईको कोठा फोडेर भित्र बाट विभिन्न सामान निकालेर जलाएका छन् ।आन्दोलनकारीले नेपाली काङ्ग्रेस , नेकपा एमाले र माओवादी केन्द्रको कार्यालयमा आगजनी गरेका छन् ।
तोडफोड र आगजनीमा उत्रिएको भिडले बजारमा रहेकोे बिपि कोइरालाको सालिक निकालेर पृथ्वीनारायण साहको फोटो राखेका छन् ।सोमबार शान्तिपुर्बक प्रदर्शनमा उत्रिएका जेन-जि आन्दोलनकारीहरु भने मंगलबार सरकारी कार्यालय , पार्टी कार्यालय र नगरपालिका र नेताको घर तोडफोड र आगजनी गर्दै उग्र बनेका थिए ।