२८ आश्विन २०८२, मंगलबार

एमालेका युवा नेता बिजयले साधारण सदस्यता समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरे

कान्छो खवर । मंगलबार, भाद्र २४, २०८२

गाईघाट  २५  भदौ ।

नेकपा एमालेका युबा नेता एबम उदयपुरको निर्वाचन क्षेत्र २ समन्वय समितिका सचीव तथा उदयपुरगढी गाउपालिका ६ का पार्टी इन्चार्ज बिजय घिमिरेले पार्टीको सबै पदहरु र साधारण सदस्यबाट राजीनामा गरेका छन् ।

उनले मंगल्  बिहान् सामाजिक सन्जाल फेसबूकमा एक पोस्ट गर्दै पार्टीको सबै जिम्मेवारी र साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका छन् ।उनले पार्टी त्यागेको बिषयमा भने केहि खुलाएका छैनन् ।

जेन्जी आन्दोलनको सोमबार प्रहरीले चलाएको गोलि लागेर १९ जना युवाको मृत्यु भएको बिषयमा उनले पार्टी परित्याग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्