०३ भाद्र २०८२, मंगलबार

त्रियुगा नदिमा माछा मार्न गएका राई डुबेर बेपत्ता

कान्छो खवर । सोमबार, भाद्र ०२, २०८२

गाईघाट  २  भदौ  ।

त्रियुगा नदिमा माछा मार्ने क्रममा सोमबार  दिउसो  एक जना डुबेर बेपत्ता भएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ सातघारेका ४५ बर्षिय दिलबहादुर राई बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरीक्षक बबिन राईले बताए ।

नगरको वडा नम्बर ९ भिमास्थित त्रियुगा नदिमा माछा मार्दै गर्दा  राई दिउसो ३ बजे तिर नदिमा डुबेका थिए । उनको अहिलेसम्म केहि जानकारी  नआएको राईले बताए ।प्रहरी र स्थानिय राईको खोजीमा जुटे पनि फेला पार्न नसकिएको उनले बताए ।

खोला किनारमा राईको साईकल , उनलेे माछा मार्न प्रयोग गरेको बल्छी बरामद गरिएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भैरहेको एसपि हरिहरनाथ योगीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्