कान्छो खवर । बुधबार, साउन २९, २०८२

गाईघाट २८ साउन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख एसपि हरिहरनाथ योगीको सरुवा भएको छ ।उनको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा महेन्द्रनगर कंचनपुर सरुवा भएको हो ।उनलाई तत्काल भने प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा नक्साल काज सरुवा गरिएको छ ।
जिल्लामा प्रहरी प्रमुखको रूपमा एसपि राजन चापागाईं आउने भएका छन् ।चापागाई कर्णाली प्रदेश प्रहरी गण बीरेन्द्रनगर सुर्खेतबाट आउन लागेका हुन ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साझ २० एसपि र ४१ डिएसपीको सरुवाको सुची निकालेको हो । जिल्लामा प्रहरी प्रमुखको कार्यकाल एक बर्ष रहने ब्यबस्था छ ।
यहाँ कमेन्ट गर्नुहोस्