कान्छो खवर । सोमबार, साउन २७, २०८२

गाईघाट २६ साउन ।
बलान खोलामा नुहाउने क्रममा सोमबार बिहान एक किशोर डुबेर बेपत्ता भएका छन् । घरदेखि नुहाउन गएका सिरहाको सखुवानन्कारकट्टी ३ परियारका १७ बर्षिय घनश्याम यादब नदिमा बेपत्ता भएको सिरहा प्रहरीले जनाएको छ ।
खोलामा बाढी आएको कारण यादव डुबेर बेपत्ता भएको सिरहा प्रहरीका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।नदिमा बेपत्ता उनको खोजीमा अहिले सशस्त्र र जनपद प्रहरीको गोताखोर टोली परिचालन गरिएको उनले बताए ।
खोजी कार्य जारी छ तर अहिलेसम्म बेपत्ता यादव भेटिएको छैन , उनलेे भने ।
यहाँ कमेन्ट गर्नुहोस्