१६ साउन २०८२, बिहिबार

गाडीले किचेर एक वृद्ध महिलाको मृत्यु

कान्छो खवर । आइतबार, साउन ०५, २०८२

गाईघाट  ४  साउन  ।

गाडीले किचेर  आइतबार दिउसो एक वृद्ध महिलाको मृत्यु भएको छ ।कटारीदेखि गाईघाट तर्फ आउदै गरेको बा.प्र .०८-००१ ज००७१ न. को विङगर गाडीले किच्दा त्रियुगा नगरपालिका ७ झोडा बस्ने ७४ बर्षिया कोटिमाया दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार त्रिनपा ८ झोडा चौकमा दिउसो ३ बजे यात्री ओराल्ने र चढाउने क्रममा दनुवारलाई गाडीको पछाडिको चक्काले किचेको थियोे । गम्भीर रूपमा घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको ट्राफिक प्रहरी असई तिलक  पौडेलले बताए ।

गाडीका चालक कटारी नगरपालिका ६ का ३८ बर्षिय घमाडे सार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्