२० आषाढ २०८२, शुक्रबार

५ केजी गाजा सहित एक युवा पक्राउ

कान्छो खवर । बिहिबार, आषाढ १९, २०८२

गाईघाट   १९   असार  ।

प्रहरीले ५  केजी  गाजा सहित एक युबकलाई बेलका नगरपालिकाको आम्बासीबाट बिहिवार दिउसो पक्राउ गरेको छ ।

अस्थाई प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले बेलका ९ का ३० बर्षिय युबराज राईलाई पक्राउ  गरेको हो ।रामपुरदेखि सप्तरीको कन्चनपुर बजार तर्फ आउदै गरेको स २ प ८२ ११ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा मोटरसाइकलको पछिल्लो सिटमा बसेका राईलाई गाजा सहित पक्राउ गरेको एसपि हरिहरनाथ योगीले बताए ।

प्रहरीले चेकजाँच गर्दै गर्दै  मोटरसाइकल चालक भने भाग्न सफल भएको प्रहरीले जनाएको छ । सुरक्षाको कारण उनको नाम भने खुलाएको छैन ।अनुसन्धानमा समस्या हुने भन्दै प्रहरीले फरार मोटरसाइकल चालकको नाम उल्लेख गरेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्