१७ आषाढ २०८२, मंगलबार

जसको उच्च शिक्षा अध्ययन गर्ने चाहाना पुरा हुन सकेन , मृत्यु पछी परिक्षाको नतिजामा सफलता

कान्छो खवर । शनिबार, आषाढ १४, २०८२

गाईघाट  १४  असार  ।

उदयपुरको जहडा जनता माबी लालबजारबाट एसईई परिक्षा दिएकी    १७ बर्षीया दुर्गा कार्कीको गत जेष्ठ ३१ गते बिजुलीको करेन्ट लागेर मृत्यु भयो ।  चैत ७ गते देखि संचालित उक्त परिक्षा पास गरेर उच्च शिक्षा पढ्ने उनको इच्छा थियोे , परिक्षाको नतिजा सार्वजनिक नहुदै उनको घरमै करेन्ट लागेर मृत्यु भएपछि उनको उच्च शिक्षा पढ्ने सपना पुरा हुन सकेन ।

चैत ७ देखि १७ गते सम्म संचालित उक्त परिक्षाको शुक्रबार साझ प्रकाशित नतिजामा उनले ३.४५ जिपिए ल्याएर  ग्रेडेड भैइन । नतिजा प्रकाशित पछी बिध्यालयमा धेरै बिध्यार्थीहरुले सफलता हासिल गर्दा उनै दुर्गाको नाम समेत सफलता पाउने बिध्यार्थीको सुचीमा थियोे ।तर भौतिक रूपमा दुर्गा नहुदा बिध्यालयमा खुसीको कुनै माहोल नभएको शिक्षकहरुले बताए ।

गत जेठ ३१ गते शुक्रबार बिहान उनी घर नजिकैको कुखुराको फर्ममा कुखुरालाई दाना खुवाउन गएकी थिइन् ।त्यसै बेला उनलाई फर्महाउसमा करेन्ट लागेको थियो ।करेन्ट लागेर छट्पट्याईरहेको अबस्थामा आफन्तले देखेर तत्कालै नगर अस्पतालमा उपचारको लागि ल्याएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

उच्च शिक्षा पढ्ने उनको सपना करेन्ट लागेर मृत्यु भएपछि पुरा हुन नपाएको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्