११ आषाढ २०८२, बुधबार

करेन्ट लागेर बेलकामा एक किशोरीको मृत्यु

कान्छो खवर । शुक्रबार, जेठ ३१, २०८२

गाईघाट   ३०  जेष्ठ  ।

उदयपुरको बेलकामा करेन्ट लागेर शुक्रबार बिहान एक किशोरीको मृत्यु भएको छ । बेलका नपा ५ स्थित सन्जिप कार्कीकि  १७ बर्षिया छोरी दुर्गाको बिहान ८.३० बजे  कुखुराको फर्ममा काम गर्दै गरेको बेला करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान फर्ममा काम गरिरहेको बेला करेन्ट लागेर छटपटाई रहेकोे बेला  आफन्तले देखेर नगर अस्पताल लगेको र  बिहान ९.३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शबको पोस्ट मार्टम पछी आफन्तलाई बुझाइएको र घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्