कान्छो खवर । बिहिबार, जेठ ३०, २०८२

गाईघाट २९ जेष्ठ ।
सुनचादी ब्याबसाहीहरु बिहिवारदेखि पसल बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हीराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता कर हटाउन माग गर्दै सुनब्याबसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल सुनचाँदी ब्याबसायी संघ उदयपुरको नेतृत्वमा आज ब्याबसायीहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर सरकारको बिरोध गरेका छन् ।
सुनमा लगाएको २ प्रतिशत बिलासिता कर र बहुमुल्य हीरामा १३ प्रतिशत भ्याट खारेजी गरिनु पर्ने , सुनको भन्सार ६ प्रतिशत कायम गरिनु पर्ने , सुनचाँदीको कारोबारको लागि प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग राख्दै ब्याबसायीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको ब्याबसायी रमेश रसाइलीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्