कान्छो खवर । मंगलबार, जेठ २८, २०८२

गाईघाट २७ जेष्ठ ।
झन्डै पौने दुई अरब रुपैया खर्च भैसकेको त्रियुगा नदि ब्यबस्थापन आयोजना कार्यालय खारेजीमा परे संगै नदि नियन्त्रणको काम अन्योलमा परेको छ ।
मन्त्रीपरिषदले उक्त आयोजना केही दिन अघि मात्र खारेजी गरेको हो ।झन्डै ८ अरबको डिपिआर स्वीकृत भएर नदि नियन्त्रणको काम ३० प्रतिसत भैसकेको अबस्थामा सरकारले उक्त आयोजना किन खारेजी गर्यो भन्ने बारे केहि खुलाएको छैन ।
आयोजना कार्यालयका प्रमुख डिई राजेन्द्रप्रसाद देबले आयोजना कार्यालय खारेजीमा परेको बताए ।असार पछी कार्यालय नरहने भन्ने केन्द्रबाट परिपत्र आएको छ ।उनले भने । उनले बजेट ब्यबस्थापनमा समस्या आएर आयोजना कार्यालय खारेजीमा परेको बताए ।
उनले आयोजनाको काम झन्डै ३० प्रतिशत भैसकेको र ७० प्रतिशत काम गर्न बाकी रहदै आयोजना बन्द भएको बताए ।अहिलेसम्म झन्डै १ अरब ७५ करोड खर्च भैसकेको छ ।प्रमुख देबले भने ।
उनले साउन पछी आयोजनाको काम बिराटनगरबाट हुने समेत बताए ।पुरानो केही कामहरु गर्न बाकी रहेकोेले बिराटनगरबाट गर्ने तयारी छ ।उनले भने ।
त्रियुगा नदि नियन्त्रणको लागि २०६९/०७०मा आयोजना कार्यालय स्थापना भएको हो ।त्रियुगा नदिले बर्सेनि कटान गर्ने गरेको कारण जोगिदह ,हडिया ,सुन्दरपुर , बसाह र तपेस्वरीको झन्डै ९० प्रतिशत खेतीयोग्य जमिन बालुवामा परिणत गरे पछी नदि नियन्त्रणको काम अघि बढाइएको थियोे ।
नदि कै कारण खोला आसपासका बस्तीमा कटान र बाढीले धेरै घरपरीबार बिस्थापित भएका थिए । त्रियुगाले हजारौं हेक्टर जमिन कटान गरेको तथ्यांकमा समेत उल्लेख छ ।
त्रियुगा नगरपालिका ७ चिसापानीदेखि सप्तकोशीमा मिसिने बिन्दु सम्म ४२.५ किलोमीटर दुरीमा नदिको दुबै तर्फ दायाँबायाँ जैविक प्रबिधिमा आधारित बाध बाध्ने उदेश्यले सरकारले योजना कार्यालय स्थापना गरेको प्रमुख देबले बताए ।
उनले योजना सम्पन्न भए पछी त्रियुगा , चौदण्डिगढी , बेलका नगरपालिका र सप्तरीको कंचनपुर सप्तकोशीका हजारौं बासिन्दा बाढीको चपेटाबाट मुक्त हुने लक्ष्य रहेकोे बताए ।
त्यसै गरि १० हजार घरधुरीका ८० हजार जनता प्रत्येक्ष रूपमा लाभान्वित हुने , २ हजार २ सय हेक्टर जमिनलाई फाइदा पुग्ने र ४ सय हेक्टर जमिन तटबन्धको कारण उकास हुने योजनाको लक्ष्य रहेकोे थियोे ।