२० जेठ २०८२, सोमबार

ठुलो परिणाममा गाजा सहित दुई महिला पक्राउ

कान्छो खवर । शुक्रबार, जेठ १७, २०८२

गाईघाट   १६    जेष्ठ  ।

प्रहरीले ठुलो परिणाममा घरमा लुकाएर राखेको अबस्थामा रानिटारबाट गाजा सहित दुई महिलालाई पक्राउ  गरेको छ ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार साझ चौदण्डिगढी नगरपालिका १ रानिटारबाट १ हजार १४३ केजी २७५ ग्राम गाजा सहित घरधनी ४१ बर्षीया रत्नमाया श्रेष्ठ र बर्ष ४२ कि कमला श्रेष्ठलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना दिदीबहिनी रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनिहरु गाजाको कारोबारी रहे नरहेको केही खुलाएको छैन । गाजा ब्यापारीले उक्त गाजा भारत तर्फ तस्करी गर्न श्रेष्ठको घरमा भाडामा लिएर राखेको हुन सक्ने स्थानिय बासिन्दाहरुले बताएका छ्न ।

प्रहरीले पक्राउ परेका दुबै जना संग सोधपुछ गरिरहेकाले बिस्तृत विवरण आएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्