कान्छो खवर । आइतबार, जेठ १२, २०८२

गाईघाट ११ जेष्ठ ।
बालिका बलात्कार गरेको आरोपमा कटारीबाट ४ जना पक्राउ परेका छन् ।प्रहरीले सनिवार कटारी नगरपालिका ४ गबुवाका २५ बर्षिय सुजन भन्ने राजकुमार तामाङ , बर्ष २० का नवीन श्रेष्ठ , बर्ष २० का जीवन तामाङ र बर्ष १९ का नाबालकलाई पक्राउ गरेको हो ।
गबुवाकी १४ बर्षिया बालिकालाई आरोपितहरुले सनिवार साझ बलात्कार गरेको उजुरीको आधारमा सोही दिन नै उनिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।
प्रहरीले आइतबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको कार्कीले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्