२८ बैशाख २०८२, आइतबार

सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

कान्छो खबर शनिबार, बैशाख २७, २०८२

गाईघाट  २७  बैशाख  ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक बिरोध खतिवडाको सनिवार दिउसो सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका ३ पुटानी चौकमा उनी चढेको प्र २-०१च ०२५१ नम्बरको पिकअप भ्यान  दिउसो ११.५० बजे आफै अनियंत्रित हुदा  गम्भीर रूपमा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाडीका चालक सुरेश कार्कीकि  छोरी १४ बर्षिया रोजिना घाइते भएकी छिन ।उनको बिराट नर्सिङ अस्पतालमा उपचार भैरहेको छ ।

दाउरा बोकेको उक्त पिकअप भ्यान इटहरी -बिराटनगर सडक खण्डमा  उत्तर देखि दक्षिण तर्फ जादै गरेको बेला आफै अनियंत्रित भै सडक क्षेउको फलामे बारमा ठोक्किदा खतिवडा गम्भीर रूपमा घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक खतिवडा त्रियुगा नगरपालिका ८ राजाबासका थिए ।उनको मृत्युको खबर सुनेर अहिले उनको गाउँ शोकमग्न बनेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्