कान्छो खवर । मंगलबार, बैशाख २३, २०८२

गाईघाट २३ बैशाख ।
उदयपुरको कटारीमा चट्याङ लागेर सोमबार साझ एक बालकको मृत्यु भएको छ ।सोमबार दिउँसो हावा हुरी र बर्षा संगै परेको परेको चट्याङ लागेर बाख्रा चराउदै गरेका कटारी नगरपालिका ८ फुलबारीका १३ बर्षिय चित्रबहादुर बलम्पाकी मगरको मृत्यु भएको हो ।
दिउँसो बाख्रा चराउन गएका मगर साझ अबेर सम्म पनि घर नफर्किए पछी बुवा मानबहादुर छोराको खोजीमा गएका थिए , बनमा बाख्रा चराईरहेको स्थानमा भुइँमा ढलीरहेको अबस्थामा बालकको शब फेला परेको वडा अध्यक्ष नवीन तामाङले बताए ।
जंगलमा भुइँमा लडिरहेको अबस्थामा छोरालाई बाबुले फेला पारेको उनले बताए । शरीर डडेको अबस्थामा बालकलाई मृत अबस्थामा भेटिएको उनले बताए ।
प्रहरीले बालकको बारे अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी कमल बजगाईले बताए ।मृतकको शब पोस्टमार्टमकोलागि अस्पतालमा राखिएको छ ।