कान्छो खवर । सोमबार, बैशाख २२, २०८२

गाईघाट २२ बैशाख ।
ट्याक्टरको ठक्करबाट सोमबार दिउसो उदयपुरको बसाहमा एक महिलाको मृत्यु भएको छ । अन्य एक जना घाइते भएका छन् ।
खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर जादै गरेको बसका एक यात्रुलाई बाटो काट्दै गरेको बेला चौदण्डिगढी नगरपालिका ४ बर्खेडाडास्थित मदन भण्डारी राजमार्ग अन्तरगत बसाहमा ठक्कर दिदा खोटाङ हलेसी ४ बस्ने बर्ष ४० की गिता परियारको मृत्यु भएको हो ।
को १ ख ४७ २१ नम्बरको बसमा मृतक परियार जन्ती जादै गरेकी थिइन ।बस सडक छेउमा रोकेर राखेको बेला यात्रुहरु सडक पार गर्दै गर्दा सोही दिशाबाट आउदै गरेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिदा परियार गम्भीर रूपमा घाइते भएकी थिइन् ।
उनको उपचारको क्रममा बेल्टार स्थित प्रादेशिक अस्पतालमा दिउसो ३.५० मृत्यु भएको प्रहरी निरीक्षक संतोष कार्कीले बताए । दुर्घटनामा बसमा सवार इटहरी उपमहानगरपालिका १ का बर्ष २३ का युजन राई घाइते भएका छन् ।उनको धरानस्थित बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा उपचार भैरहेको छ ।