२५ आश्विन २०८३, आइतबार

२५ आश्विन २०८३, आइतबार

सप्तकोसीमा बेपत्ता वृद्धको दुई दिन पछी शब फेला

कान्छो खवर । बिहिबार, बैशाख १८, २०८२

गाईघाट  १८  बैशाख ।

सप्तकोसीमा दुई दिन अघि बेपत्ता एक ब्यक्तिको शब बिहिवार फेला परेको छ ।प्रहरी टोलीले निरन्तर खोजी जारी राखे पछी मोरङ केरावारि ७ दाल चौकका ७२ बर्षिय मकरबहादुर तामाङको शब बिहान उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोट स्थित कोशी किनारमा फेला परेको हो ।

मंगलबार ११.४० बजेको समयमा तामाङले जलसमाधी लिन लागेको सुसाइट नोट लेखेर बराहक्षेत्र नजिक सप्तकोसीमा हामफालेका थिए ।लुगा सहित कोशीमा डुबेका तामाङ बेपत्ता भए पछी प्रहरीले गोताखोर परिचालन गरेर खोजी गरेको थियोे ।

प्रहरी निरीक्षक टीका निरौलाको नेतृत्वमा पाँच जनाको टोलीले बिहान कोशी किनारमा तामाङको शब फेला पारेको सुनसरी प्रहरीले जनाएको छ ।शबको पोस्टमार्टमको लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
ताजा अपडेट