कान्छो खवर । मंगलबार, बैशाख १६, २०८२

गाईघाट १६ बैशाख ।
सुनसरीको बराहक्षेत्र स्थित सप्तकोसीमा मंगलबार एक जना बेपत्ता भएका छ्न । कोकाहाको संगम स्थल नजीकबाट बिहान ११.४० बजे मोरङ केराबारी ७ दाल चौकका ७२ बर्षिय मकरबहादुर घिसिङ तामाङ कोशीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
तामाङले नदि किनारमा सुसाइट नोट लेखेर आफू जल समाधी लिन लागेको ब्यहोराको पत्र समेत फेला परेको छ ।उनले आफू अलि समस्यामा परेको भन्दै सुसाइट नोटमा सधैंका लागि समाधी लिन लागेको उल्लेख गरेका छ्न।
सुनसरी प्रहरीले डिप्रेसनको कारण तामाङले आत्महत्या गरेको हुन सक्ने जनाएको छ । तामाङ केराबारीबाट बिहान बराहक्षेत्र आएको खुल्न आएको छ ।उनी शरीरमा कपडा लगाएर नै कोशीमा पसेका थिए ।
तामाङको खोजीमा अहिले प्रहरीको गोताखोर टोलि कोशीमा परिचालन गरिएको छ ।
यहाँ कमेन्ट गर्नुहोस्