२६ बैशाख २०८२, शुक्रबार

गाईघाटदेखि बिराटनगर जादै गरेको बस कन्चनपुरमा दुर्घटना ,दुईको मृत्यु

कान्छो खवर । आइतबार, बैशाख १४, २०८२

गाईघाट  १४  बैशाख ।

गाईघाटदेखि  बिराटनगर जादै गरेको  यात्रुबाहक  बस आइतबार दिउसो सप्तरीको कंचनपुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रदेश १ -०१- ००१ ख ३४२० नम्बरको डल्फिल यातायातको बस कंचनपुर नगरपालिका १० बदगामामा अनियंत्रित भै दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुलेको छैन । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

बिहान ९.३० बजे बिराटनगरकोलागि छुटेको उक्त बस गाईघाट ,हडिया -फत्तेपुर हुँदै नियमित चल्ने गरेको गाईघाट बस काउन्टरका कर्मचारी हुलास चौधरीले बताए ।

डिएसपी माधब काफ्लेले  गाडीमा च्यापिएर मृत्यु  भएका उनिहरुको शब राजबिराज अस्पतालमा ल्याइएको बताए ।दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते सबैलाई अस्पतालमा उपचारकोलागि लगिएको उनले बताए ।

तीब्र गतिमा जादै गरेको बस आफै अनियंत्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्