२७ बैशाख २०८२, शनिबार

भोलि सनिवार त्रियुगाको १२ स्थानमा र हडियामा बिहान देखि ८ घन्टा बिधुत अबरुद्ध हुने

कान्छो खवर । शुक्रबार, बैशाख १२, २०८२

गाईघाट  १२  बैशाख  ।

त्रियुगा नगरपालिकाको १२ स्थान र चौदण्डिगढी नगरपालिकाको हडियामा  सनिवार बिहान ८ बजेदेखि  बेलुकी ४ बजे सम्म बिधुत अबरुद्ध हुने भएको छ ।

बिधुत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै उदयपुर बितरण अन्तरगतको ११ केभी गाईघाट फिडर , जोगिदह फिडर  र चुहाडे फिडर अन्तरगतको स्थानहरु जलजले ,देउरी ,बगाह ,दमौटी ,मोतिगडा ,हडिया , बोक्से र गाईघाटमा बिधुत अबरुद्ध हुने जनाएको छ । त्यसै गरि असारी , राजाबास , चुहाडे ,साउने , रानीबास लगायतका क्षेत्र समेत सोही समयमा बिधुत अबरुद्ध हुने बितरण केन्द्रले जनाएको छ ।

बिधुत लाईन संरचनामा परेका रुख बिरुवाहरुको हागा बिगाहाहरु काटछाट गर्नुपर्ने भएकोले उक्त समयमा बिधुत अबरुद्ध हुने उल्लेख गरिएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्