कान्छो खवर । शुक्रबार, बैशाख १२, २०८२

गाईघाट १२ बैशाख ।
चिकित्सकको लापरबाहीले ज्यान गुमाएका उदयपुरका एक मजदुरका परिवारलाई बिराटनगरस्थित बिराट टिचिङ हस्पिटलले क्षेतिपुर्ति बापत ३ लाख रुपैया उपलब्ध गराएको छ ।
पीडित परिवार र अस्पताल प्रशासन बीच शुक्रबार भएको बार्ता पछी भएको सहमति अनुसार अस्पतालले पीडित परिवारलाई क्षेतिपुर्ति दिन सहमत भएको हो ।अस्पतालले सहमति पछी नगद उपलब्ध गराएको मृतकका आफन्त नागेन्द्र चौधरीले बताए ।
हामीले १० लाख रुपैयाँ मागेका थियौ , तर ३ लाखमा सहमति भयो ।उनले भने ।
रिक्सा चालक त्रियुगा नगरपालिका १२ बिसनपुरका ६७ बर्षिय घुरण चौधरीको चिकित्सकको लापरबाहीबाट बिहिवार मृत्यु भएको थियोे । मिर्गौलाको पत्थरीको अप्रेसन गर्नुपर्नेमा चिकित्सकले चौधरीको आन्द्रा फुटाएको थियोे । आन्द्रा फुटे पछी चौधरीको अबस्था गम्भीर भएर अस्पतालको आइसियुमा बैशाख २ देखि उनलाई राखिएको थियोे ।
मृतकका आफन्तले चिकित्सकलाई कारबाही र क्षेतीपुर्ती बापत १० लाख रुपैया माग गरेर शब अबुझ्ने अडान लिदै आएका थिए । सहमति पछी मृतको शब बुझेर ल्याउदै गरेको चौधरीले बताए ।