२७ बैशाख २०८२, शनिबार

दुई थान भरुवा बन्दुक सहित एक जना पक्राउ

कान्छो खवर । शुक्रबार, बैशाख १२, २०८२

मगरको साथ बाट बरामद भएको बन्दुक

गाईघाट  १२  बैशाख ।

प्रहरीले दुई थान भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।गाईघाटदेखि नेपालटार तर्फ जादै गरेको प्र ३-०२-०१३ प ३३८४ नम्बरको मोटरसाइकल चेकजाचको क्रममा बिहीबार दिउसो नेपालटार ७ संगम चौक नजिकबाट उदयपुरगढी गाउपालिका ७ बस्ने सन्तोष मगर भरुवा बन्दुक सहित पक्राउ परेको प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए ।

प्रहरीले पोस्ट संगम चौकबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलमा लुकाएर लादै गरेको अबस्थामा एक नाल लोड तयारी र अर्को बट र नाल छुट्टाछुट्टै पुर्ण रूपमा तयारी नभएको अबस्थामा भरुवा बन्दुक बरामद गरेको उनलेे बताए ।

भरुवा बन्दुक सहित पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्