कान्छो खवर । बिहिबार, बैशाख ११, २०८२

गाईघाट ११ बैशाख ।
बिराट टिचिङ हस्पिटल बिराटनगरका चिकित्सकको लापरबाहीले उदयपुरका एक मजदुरको मृत्यु भएको छ ।
बैशाख २ गते मिर्गौलाको पथ्थरीको अपरेसन गर्न पुगेका त्रियुगा नगरपालिका १२ बिसनपुरका ६७ बर्षिय घुरण चौधरीको बिहीवार दिउँसो मृत्यु भएको हो । चिकित्सक दिपक ठाकुरले चौधरीको पथ्थरी अप्रेसन गर्नुको सत्ता आन्द्रा फुट्ने गरि सर्जरी गरेको कारण शरीरमा इन्फेक्सन भएर आइसियुमा राखेर उपचार गराउदा गराउदै मृत्यु भएको आफन्त नागेन चौधरीले बताए ।
चिकित्सकले निकै ठुलो लापरबाही गर्दा मेरो आफन्तको मृत्यु भएको हो ।उनले भने ।पथ्थरीको अपरेसन नगरेर चिकित्सकले आन्द्रा फुटाइ दिएर ज्यान लिएको उनले बताए ।
जिल्ला अस्पताल उदयपुरले अप्रेसनकोलागि चौधरीलाई बाहिर जान रेफर गरेको थियोे । चौधरीले आफू संग भएको २ धुर जग्गा बिक्री गरेर उपचारको लागि बिराट टिचिङ हस्पिटल गएका थिए । उनी अस्पताल पुगेकै दिन अस्पताल भर्ना गरेर उनको अप्रेसन गरिएको थियो ।तर पथ्थरीको अप्रेसन नगरी चिकित्सकले आन्द्रा फुटाएर ड्रील गरिएको आफन्तले आरोप लगाएका छ्न ।
चिकित्सकले आन्द्रा फुटाइ दिए पछी अस्पतालले बिरामीलाई हतार हतारमा आइसियु कक्षमा राखेर उपचार गराई रहेको नागेनले बताए ।बिरामीको अबस्थामा गम्भीर समस्या आए पछी अस्पतालले अस्पताल राखेको धरौटी रकम फिर्ता दिने र उपचारमा लागेको सबै खर्च मिनाहा गर्ने बताए पनि मृतकका परिवारले अस्पतालको उक्त प्रस्तावमा असहमति जनाएको छ ।
पीडित परिवारले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनु पर्ने र क्षेतिपुर्ति बापत दस लाख रूपैया माग राखेर अझै शब बुझेका छैनन् ।पीडित परिवारले जिल्ला प्रशासन कार्यालय मोरङमा आजै चिकित्सक विरुद्ध उजुरी दिएका छ्न ।