२७ बैशाख २०८२, शनिबार

खोटाङमा कर्मचारी मृत अबस्थामा फेला

कान्छो खवर । सोमबार, बैशाख ०८, २०८२

गाईघाट  ८ बैशाख ।

खोटाङमा सोमबार बिहान एक कर्मचारी मृत अबस्थामा फेला परेका छ्न ।रावाबेसी गाउपालिका खोटाङमा कार्यालय सहयोगीको रूपमा कार्यरत ५७ बर्षिय महेश रेग्मी मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गए राति दाजुको घरबाट फर्किएका रेग्मी घर नजिकैको वारि भित्तामा मृत अबस्थामा भेटिएको वडा नम्बर १ का वडा अध्यक्ष गेहेन्द्र राईले बताए । रेग्मी वडा १ कुभिन्डेका बासिन्दा हुन् ।

प्रहरी निरीक्षक सुशान्त मिश्रले रेग्मीको लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको बताए । उनले घटनाको छानबिन भैरहेको र शबको पोस्टमार्टमकोलागि जिल्ला अस्पताल दिक्तेल लगिएको मिश्रले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्