कान्छो खवर । सोमबार, बैशाख ०८, २०८२

गाईघाट ८ बैशाख ।
सप्तकोसीमा नुहाउने क्रममा सोमबार बिहान दुई जना बेपत्ता भएका छ्न ।बेपत्ता हुनेहरु मामा भान्जा रहेकोे प्रहरीले जनाएको छ ।
सुनसरीको बराह क्षेत्र मन्दिर नजिकै कोकाहामा दर्शन गर्न जाने क्रममा कोशीमा नुहाउन गएका इटहरी बालग्रामका ४८ बर्षिय नबराज बास्तोला र उनका भान्जा १६ बर्षिय जेनिस आचार्य बिहान ८ बजे नदिमा डुबेर बेपत्ता भएको सुनसरी प्रहरी प्रमुख एसपि सुमनकुमार तिमिल्सिनाले बताए ।
कोसीमा बेपत्ताको खोजीमा अहिले जनपद र सशस्त्र प्रहरीको गोताखोर टोलिलाई परिचालन गरिएको एसपि तिमिल्सिनाले बताए ।
बेपत्ता मामा भान्जा इटहरी देखि आजै बराहक्षेत्र आएको उनले बताए ।
यहाँ कमेन्ट गर्नुहोस्