कान्छो खवर । शनिबार, चैत्र २९, २०८१

गाईघाट ३० चैत ।
फोक्सिङटारस्थित सुनकोशीमा बाढीले बगाएको पक्की पुल निर्माणको लागि अर्थ मन्त्रालयले ७ महिना पछी बजेट सुनिश्चित गरेको छ ।
उदयपुर र खोटाङको सिमा स्थिती सुनकोशीमा बनेको पक्की पुल गत असोज १२ गते राति आएको बाढीले बगाएको थियो । उक्त पुल निर्माण सुरु भएको झन्डै १२ बर्ष पछी पूरा भएर हस्तान्तरण गर्ने तयारी हुदै गर्दा बाढीले पुल बगाएको थियोे ।
पुल निर्माणकोलागि अहिले अर्थले ३५ करोड बजेट सुनिश्चित गरेको गाईघाट – दिक्तेल सडक योजना कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए ।
भर्खरै बजेटको सुनिश्चित भएको छ, अब कसरी अघि बड्ने भन्ने बारे बिभागबाट निर्देशन आए पछी निर्माण प्रक्रिया सुरु गरिने उनले बताए ।
१ सय २० मिटर लामो उक्त पुलको बिच भाग बाढीले बगाए पछी लामो समय खोटाङ सगको सिधा यातायात अबरुद्ध भएको थियोे । बर्षा रोकिए पछी खोटाङ सग यातायात सुचारू गर्न सडक योजना कार्यालय गाईघाटले तत्काल भत्किएको पुल भन्दा केही माथी अस्थायी रूपमा कोशीमा बेलीबृज निर्माण गरे पछी अहिलेसम्म यातायात सेवा सन्चालन हुदै आइरहेको छ ।