कान्छो खवर । मंगलबार, चैत्र ०४, २०८१

गाईघाट ५ चैत ।
बेल्टार बजारमा मंगलबार दिउसो भएको आगलागीबाट झन्डै १ करोड २२ लाख मुल्य बराबरको क्षेती भएको छ । बजारको मुख्य भाग कल्याण चोकमा रहेकोे शरण कुमार राई ,सर्बधन राई र कालुमान राईको घर आगलागीबाट पुर्ण रूपमा जल्दा ठुलो भौतिक क्षेती भएको प्रहरीले जनाएको छ ।
जस्ता पाताले छाएको दुई तल्ले पक्की घरहरु पुरै जलेर नष्ट भएको प्रहरी निरीक्षक बबिन राईले बताए ।त्यसै गरि रबिन्द्र राई ,अम्बरबहादुर राई ,बिजय राई र कुमार राईको घर आंशिक रूपमा जलेको राईले बताए ।
आगो निभाउने क्रममा ३४ बर्षिय कृतिमानको हात सामान्य रूपमा जलेको छ ।दिउँसो २ बजेको समयमा शरण कुमारको घरमा बिधुत सर्ट भै आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी , स्थानिय बासिन्दा , नेपाल प्रहरी र चौदण्ढिगढी नगरपालिका , कन्चनपुर नगरपालिका सप्तरी र रौतामाई गाउपालिका उदयपुरको दमकलबाट आगो निभाइएको मेयर कालुमान लामाले बताए ।
आगो झन्डै २ घन्टा ३० मिनेट पछी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागी पीडित परिबारहरुलाई रेड्क्रस उदयपुरले साझ राहत वितरण गरेको छ ।