०२ फाल्गुण २०८१, शुक्रबार

निजामती कर्मचारी संगठन उदयपुरको अध्यक्षमा पुन्य पौडेल निर्बाचित

कान्छो खवर । शनिबार, माघ १२, २०८१

गाईघाट  १२  माघ  ।

नेपाल निजामती कर्मचारी संगठन उदयपुरको सनिवार भएको १२ औं जिल्ला अधिबेशनले पुन्य पौडेलको अध्यक्षतामा १८ सदस्यीय नया कार्यसमिति निर्बिरोध चयन गरेको छ ।

त्रियुगा नगरपालिका १० ढिम्की स्थित पिकनिक स्पोर्ट्समा भएको अधिबेशनले उपाध्यक्षमा सिताराम फुयल महिला उपाध्यक्ष बबीता परियार ,सचीव कृत रायमाझी र सहसचिव बबिन राईलाई चयन गरेको छ ।

त्यसै गरि सदस्यहरुमा जानुका कार्की ,दिपकला राई,बिपना पौडेल ,तारादेबी राई, रितेश श्रेष्ठ ,अनिल तामाङ ,केशव प्रसाद साह ,खेमराज ओझा ,सबिन उदास, जीवन कार्की ,केशव बन्जारा ,गिरिराज खड्का र भेषराज ज्यू रहेका छ्न ।

अध्यक्ष पौडेलले नंया कार्यसमिति निर्माणमा सहमति जुटेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्