२० कार्तिक २०८१, मंगलबार

उदयपुर सिमेन्ट उधोग लिजमा दिएर संचालन गर्नुपर्ने उधोगका कर्मचारीहरुको सुझाव

कान्छो खवर । मंगलबार, कार्तिक १३, २०८१

गाईघाट   १३  कार्तिक  ।

मुलुकको सबै भन्दा ठुलो  उदयपुर सिमेन्ट उधोगलाई निजीकरण नगरी लिजमा दिएर संचालन गर्न उदयपुर एमाले नेतृत्वले सरकारलाई आग्रह गर्ने भएको छ ।

जिल्लाबाट निर्बाचित  जनप्रतिनिधि , एमाले जिल्ला र केन्द्रिय तहका नेता कार्यकर्ता र उदयपुर सिमेन्टका निमित्त महाप्रबन्धक , कर्मचारी बीच मंगलबार गाईघाटस्थित होटल रत्नामा भएको छलफलमा उद्योगलाई निजीकरण गर्न नहुने बरु लिजमा दिएर संचालन गर्ने कुरामा  सहमति जुटेको हो । उक्त सहमति पछि सो कुराको जानकारी उधोग मन्त्रालयलाई जानकारी गराउदै लिजमा दिने प्रक्रिया सुरु गर्न सरकारलाई आग्रह गरिने र  त्यसको नेतृत्व एमाले नेताहरुबाट गरिने भएको छ ।

एमाले जिल्ला अध्यक्ष भागबत राउतले मुलुक कै गौरवको रूपमा रहेको उदयपुर सिमेन्ट उधोगलाई निजीकरण हुनबाट रोक्नको लागि कर्मचारी सङ छ्लफल भएको बताए । उनले कर्मचारीहरुले समेत उधोगलाई निजीकरण गर्न नहुने बरु लिजमा दिएर संचालन गर्न दिएको सुझाव पछि पछी आफुहरु बीच भएको सहमति अनुसार नै काम अघि बढाउन लागिएको बताए ।

सरकारले केही समय अघि  उदयपुर सिमेन्ट सहित घाटामा गएको  उद्योगहरुलाई निजीकरण गर्ने तयारी सुरु गरेको छ ।

जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको उधोग यतीबेला जर्जर अबस्थामा पुगेको छ । उधोगको अहिलेसम्मको झन्डै २ अर्ब रुपैयाको दायित्व छ । कर्मचारीको तलब , नागरिक लगानी कोष ,अबकास प्राप्त कर्मचारीलाई भुक्तानी , कर दायित्व , बैंक ऋण , बिधुत प्राधिकरणलाई बिधुत महसुस , कोइला लगायत आपूर्तिकर्ताहरुलाई ठुलो रकम भुक्तानी दिनुपर्ने दायित्व छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्