०८ जेठ २०८२, बुधबार

विद्यार्थी कल्याण समाज बिपि प्रतिष्ठानको अध्यक्षमा देब निर्बाचित

प्रज्ञा कार्की आइतबार, आश्विन ०६, २०८१

धरान ६ असोज ।

बिद्यार्थी कल्याण समाज बिपि प्रतिष्ठानको सनिवार भएको अधिबेशनले अध्यक्षमा नबराज कुमार देबलाई निर्बाचित गरेको छ। अध्यक्षमा ७ जना प्रतिस्पर्धि रहेकोमा देबले अत्याधिक मत ल्याएर बिजयी भएका हुन ।

प्रतिष्ठानको महासचिव बाहेक सबै पदहरुमा निर्वाचन भएको थियोे । महासचिवमा सुबिनकुमार साह निर्बिरोध भएका छ्न । जुनियर रेजिडेन्ट तर्फको उपाध्यक्षमा बिसाल गुरुङ , एमबिबिस तर्फ उपाध्यक्ष सदिच्छा न्यौपाने र नर्सिङ उपाध्यक्ष कान्तिपुर बास्तोला निर्बाचित भएका छ्न ।

सचीवमा राम उद्घार साह र कोषाध्यक्षमा हार्दिक गोयल निर्बाचित भएका छ्न ।त्यसै गरि प्रतिष्ठानको सदस्यहरुमा अर्जुन यादव , बिजयकुमार यादव , सुदिप सोनि , गोत्री नाथ , सकृया घले , जीबननारायण कुमार चौहान , रचना पुरी, सतरोहन यादव , भबिस्य बिष्ट , सन्दीप बिक , येतेन्द्र यादव र प्रबिण भट्टराई निर्बाचित भएका छ्न ।

अध्यक्षमा निर्बाचित देबले प्रतिष्ठानको बिकास संगै विद्यार्थीहरुको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छ्न ।न

यहाँ कमेन्ट गर्नुहोस्