०५ कार्तिक २०८२, मंगलबार

युबा स्वरोजगार कार्यक्रमको पैसा नतिरेपछि उदयपुरका दुई ठुला सहकारी कालो सुचिमा

कान्छो खवर । सोमबार, भाद्र २४, २०८१

गाईघाट २४ भदौ ।

साबा र ब्याज नतिर्ने उदयपुरको दुई ठुला सहकारी कार्बाहिमा परेकाछ्न ।युवा तथा साना ब्यबसायि स्वरोजगार कोषबाट सहुलियतमा ऋण लिएर सवा र ब्याज नबुझाउने हिमशिखर बहुउद्देश्यीय सहकारी सस्था गाईघाट र साझा सहकारी सस्थालाई कालो सुचीमा राखेर कार्बाहिको तयारी भैरहेको छ।

ऋण लिए देखि अहिलेसम्म ब्याज र साबा नतिरेपछि अहिले ति दुबै सहकारीलाई कालो सुचीमा राखेर उस्को धितो जमानि सबै रोका राखिएको स्वरोजगार कोषले जनाएको छ।

हिमशिखरले स्वरोजगार कोषलाई साबार ब्याज गरि ५६ लाख ९२ हजार ८७३ रुपैया ३५ पैसा बुझाउन बाकी छ ।साझा सहकारीले ४७ लाख ३५ हजार ३२१ रुपैया २३ पैसा कोषलाई बुझाउनु पर्ने छ। कोषले पटकपटक लिखित र मौखिक रूपमा रकम बुझाउन आग्रह गरेकोमा ति दुई सहकारीले पैसा नतिरेपछि अब कोषले कार्बाहि अघि बढाउन लागेको हो ।

कोषले युबा स्वरोजगार कार्यक्रम अन्तरगत देशभरि विभिन्न सहकारीलाई १ अरब ३१ करोड २३ लाख ४२ हजार ७८९ सय ३९ पैसा सहुलियत रूपमा ऋण लगानी गरेकोमा ५० बढी सहकारीले २७ करोड ३१ लाख ९७ हजार ३३१ रुपैया ८४ पैसा कोषलाई तिरेको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्