कान्छो खवर । बिहिबार, भाद्र २०, २०८१
गाईघाट २० भदौ ।
कटारीको सोरुङछबिसेमा भएको हत्याको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोलि घटना स्थलतर्फ गएको छ।
हत्याकाण्डको गहन अनुसन्धान गरी अपराधमा सङ्लग्न ब्यक्ति पत्ता लगाउनको लागि प्राबिधिक सहितको अनुसन्धान अधिकृत बिहीबार दिउसो घटनास्थल तर्फ पठाइएको प्रहरी उपरीक्षक हरिहरनाथ योगिले बताए ।
कटारी नगरपालिका १० सोरुङछबिसेमा आमा छोराको हत्या भएको छ। अशोक थापाकी ४२ बर्षिया निर्मला थापा र ७ बर्षिय छोरा आरुसको शब हत्या गरिएको अबस्थामा बिहीबार बिहान ६.४५ बजे कोठामा भेटिएको थियोे । धारिलो हतियार प्रयोग गरेर उनिहरुको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।रगतले लतपतिएको अबस्थामा आमा छोराको शब बिहान पसलमा आउने मानिसले देखेका थिए । आमाको शब भुइँमा र छोराको शब सुत्ने खाटमा रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बताए ।
घटनाको जानकारी हुन साथ उनि सहितको बिहानै घटनास्थल तर्फ गएका थिए ।उनि दिउसो घटनास्थलमा पुगेर घटनाको अनुसन्धानमा जुटेका छ्न। घटनाको प्रकृति हेर्दा आमा छोराको हत्या भएको उनले बताए । तर हत्या कस्ले र किन गर्यो भन्ने बारे केहि खुल्न सकेको छैन । उनले हत्याको गहन ढंगले अनुसन्धान भैरहेको बताए ।उनलाई अनुसन्धानमा सघाउन अहिले जिल्लाबाट डिएसपीको अर्को अनुसन्धान टोलि समेत घटनास्थल तर्फ आईरहेको उनले बताए ।
आमा छोरा दुबैको घाटी र शरीरभरि गहिरो घाउचोट धारिलो हतियार प्रयोगबाट भएको देखिन्छ , उनले भने । उनिहरु दुबैको हत्या नै भएको हो ।हामी अनुसन्धान गरिरहेका छौ ।उनले भने ।
मृतक महिलाले वडाकार्यालय नजिकै सामान्य पसल चलाउदै आएकी थिइन ।पसल बन्द गरेर सधैं केहि पर रहेको घरमा जाने गरेकोमा बुधबार भने उनी छोरालाई संगै पसलमा सुतेकी थिइन। सधैं पसल बन्द गरेर घर जाने उनी बुधबार भने किन पसलमै बसिन भन्ने बारे केहि थाहा हुन नसकेको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताए ।
उनले घटनाको गहिरो रूपमा अनुसन्धान गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको बताए । मृतक महिलाको श्रीमान अहिले भारतको नयाँदिल्ली बस्दै आएको उनले बताए । ४ बर्ष अघि उनले अर्को श्रीमती लिएर उतै बस्ने गरेको मेयर श्रेष्ठले बताए ।